टाेखालाइभ डट कम /माघ २८
वीर गणेशमान सिंह फाउन्डेसनको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना तथा Roots Fashion Pvt.Ltd.(Adidas Nepal) को प्रायोजनमा “वीर गणेशमान सिंह” स्पोर्ट्स कमिटीले आगामी चैत्र ७ गते शनिवार काठमाडौंमा “वीर गणेशमान सिह” दोस्रो 10 k Road Race “आयोजना गर्ने भएको छ।आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
१० किलोमिटर दूरीको दौड दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ ।
रुट्सका राजीव श्रेष्ठले नेपाली खेलकुदको विकासमा टेवा पु¥याउने उद्देश्यले प्रायोजन गरिएको बताए ।
प्रतियोगिताका महिला तथा पुरुषतर्फका विजेताले ६० हजार पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले ५ हजार नगद पुरस्कार पाउने छन्। प्रतियोगितामा छैटौंदेखि १०औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई ४ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
– नयॉ कोर्स रेकर्ड क़ायम गर्ने पहिलो खेलाडीलाई नगद रु १०.०००/- ले पूरस्कृत गरीनेछ प्रतियोगिताको रुट्स फेसन प्रा.लि. (एडिडास) को प्रायोजनमा हुन लागेको दौडको अनुमानित बजेट करिब १२ लाख रुपैयाँ रहेको छ ।

