• TOKHA LIVE

    • १७ माघ २०७७, शनिबार २३:२३

    शालिनदीमा दोस्रो दिन दाता नानीहेरा महर्जनले ८ लाख ५० हजार दान गरे:-

    लावण्य/साँखु । माघ १७

    काेभिड-१९का त्रासका बिच सुरु भएको माधवनारायण ब्रतमा चन्दा दाताहरूको ओइरो लागेको छ।

    पहिलो दिन माघ १५ गते करिब १ लाख संकलन गरेको श्री माधवनारायण व्रत तथा शालिनदी सुधार समितिले दोस्रो दिन काठमाडौँ ताहाचल निवासी दाता नानीहेरा महर्जनबाट श्री माधवनारायण  स्वस्थानी ब्रत तथा शालीनदी सुधार समिती लाई रु ८ लाख ५० हजार सहयोग गर्नु भएको छ । वहाँ र वहाँ का समस्त परिवारलाई भगवान श्री माधव नारायणले सदैब रक्षा गरून् भन्दै समितिले आभार व्यक्त गरेको छ ।

    यसरी दिनपरदिन शालिनदी परिसरमा दाताहरुको ओइरो लागेकोछ । करिब ८ वर्ष अगाडि बनेको श्री माधनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको नेतृत्व प्रत्येक दुई वर्षमा फेरिने गर्दछ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै