• TOKHA LIVE

    • १७ माघ २०७७, शनिबार १९:०३

    आर्मीलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि:-

    टाेखा लाइभ / माघ १७
    निकतम प्रतिद्वन्दी सशस्त्र प्रहरी बल एपिएफलाई ३३ रनले पराजित गर्दै आर्मी दोस्रो पटक प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

    नेपाली सेनाका लागि हरि चौहानले ५८, राजेश पुलामिले २८ रन बनाए । ओपनरद्वय सुसन भारी १३ र अनिल मण्डल ११ रनमा आउट भए । भीम सार्की सात र रोहित भण्डारी १३ रन बनाएका थिए ।
    टस हारेर पहिले ब्याटिङ गरेको नेपाली सेनाले ५० ओभरमा नौ विकेट गुमाउदै २११ रनको योगफल बनायो ।

    कप्तान तथा हिटर बिनोद भण्डारी सात रनमा कमल ऐरीद्वारा एलबिडब्लु धरापमा परे । बलिङमा अविनाश बोहराले १० ओभर बलिङ गर्दै दुई मेडन सहित मात्र २५ रन खर्चेर चार विकेट लिए ।

    जवाफमा २१२ रनको लक्ष्य एपीएफ ४१ दशमलव ३ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १७८ रनमा समेटियो । सेनाले उपाधिसँगै दश लाख प्राप्त गर्‍यो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै