• TOKHA LIVE

    • १६ माघ २०७७, शुक्रबार ०४:४४

    प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठबाट काठमाडौं महानगरपालिका वडा नं. १५ डल्लु स्थित दलु लवंहिति (ढुङ्गेधारा)को समुदघाटन:-

    टाेखा लाइभ संवाददाता /  माघ १६ , काठमाडौं

    प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठबाट काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित डल्लु चौतारामा दलु लवंहिति (ढुङ्गेधारा) समुदघाटन गर्नुभएको छ।

    स्थानीय जनसमुदायको माग अनुसार निर्माण कार्यको लागि काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १५ लाख बजेट बिनियोजन गरिएको थियो । लवंहिति हमुमान ढोका विश्व सम्पदादेखि स्वयम्भू विश्व सम्पदासम्म जाने सम्पदा मार्गमा पर्दछ । बजेटबाट ढुङ्गेधाराको पुनः निर्माण र नव जागृति क्लब खेल मैदानमा स्नान गृह र सार्वजनिक शौचालय निर्माण गरिएको छ। माननीय जीबनराम श्रेष्ठले काठमाडौं लाई सांस्कृतिक शहर बनाउनुपर्ने र यहाँको पहिचान कायम गर्न र पर्यटन उद्योगको बिकासको लागि आफुले हनुमानढोका बाट स्वयम्भू सम्मको बाटोलाई सम्पदामार्ग बनाउने योजना अगाडि बढाउने कार्य भैसकेको यो कार्य पनि यसको अंगको रूपमा बिकाश गरेको बताउनु भयो। अब अन्य बांकि कार्यपनि छिटो शुरू हुने बटाउनु भयो।

    दलु लवंहिति (ढुङ्गेधारा) समुद्घाटन कार्यक्रमको सभापति जेष्ठ नागरिक प्रेम मानन्धर, स्वागत मनराजा रन्जित ले गर्नु भएको थियो र सन्चालन क्लबका अध्यक्ष समितिका सदस्य मधुसुदन मानन्धर, १५वडा अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रबक्ता ईश्वरमान डगोल, संरक्षण तथा जिर्णोद्वार उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर रंजित, समाजसेवी सुबर्णमान डगोल, गंगा रंजित, राजु खरेल र उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियोे।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै