• TOKHA LIVE

    • १४ माघ २०७७, बुधबार २०:४६

    संस्कृतिविद् सत्यमाेहन जोशी र स्व.राष्ट्रकवि घिमिरेको तस्बिर हुलाक टिकट प्रकाशित गर्ने सरकारको निर्णय:-

    काठमाडौं, १४ माघ–सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेको छ ।

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सञ्चार मन्त्री गुरुङले सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशित गर्ने निर्णय गरेको र छिट्टै राष्ट्रपतिले सो हुलाक टिकट सार्वजनिक गर्ने जानकारी गराउनुभयो ।

     

    सरकारले मुलुकको अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख संकलन गरी परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।

    त्यस्तै वैज्ञानिक वन व्यवस्थापनको नाममा वन उपभोक्ता, वन कर्मचारी र वनजन्य उत्पादनसम्बन्धी ठेकेदारको मिलेमतोमा धेरै वन क्षेत्रमा हानी नोक्सानी हुने गरेको पाईएपछि वन संरक्षणका लागि सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७७ लाई खारेज गर्ने निर्णय गरेको बताउनुभयो ।मन्त्रीपरिषद् बैठकले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन (पहिलो संशोधन) आदेश, २०७७ स्वीकृत गर्ने निर्णय गर्नुका साथै विदेशबाट नेपाल आउने यात्रुहरूको स्वास्थ्य सुरक्षा तथा क्वारेनटिनसम्बन्धी आदेश २०७७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

    कोभिडको खोप दिन नेपालमा शुभारम्भ भएकोमा खुसी व्यक्त गर्नुहुँदै सञ्चार मन्त्री गुरुङले आगामी दिनमा थप खोप ल्याउनका लागि विभिन्न मुलुकहरूसँग समन्वय गरी नेपाल सरकार अगाडी बढ्ने बताउनुभयो ।

    खोप आइसकेको भए पनि स्वास्थ्य सतर्कता, मापदण्डको पालना गर्न भने छाड्न नहुने सञ्चार मन्त्री गुरुङले सबैमा आग्रह गर्नुभयो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै