• TOKHA LIVE

    • १४ माघ २०७७, बुधबार ०८:११

    ट्राफिक प्रहरी महाशाखामा आयोजित एक समारोह बिच नेपाल स्काउट:-

    टाेखा लाइभ / नविना श्रेष्ठ
    माघ १४,२०७७

    ट्राफिक प्रहरी महाशाखामा आयोजित एक समारोह बिच नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी तथा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।

    उद्घाटन कार्यक्रममाआफ्नो मन्तव्य राख्दै राष्ट्रिय संयोजक भण्डारीले नेपाल स्काउट शहरी क्षेत्रको ट्राफिक व्यवस्थापन र सडक सुरक्षा लगायतका सार्वजनिक महत्वको विषयमा नेपाल सरकारको आधिकारिक स्वयंसेवी संस्थाको रूपमा समर्पित रहेको बताउनुभयो।

     

    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हिजो नेपाल स्काउट तथा नेपाल प्रहरी बिच भएको समझदारी अनुरूप नेपाल स्काउट र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन २०७७अभियान शुरुवात भएको छ।

     

    हिजो भएको कार्यकममा ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले स्काउट स्वयंसेवक परिचालन वाट काठमाण्डाैको ट्राफिक व्यवस्थापन आम जनमानसले थोरै भएपनि राहत महशुस गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै