• TOKHA LIVE

    • १३ माघ २०७७, मंगलवार ११:३६

    नागरिक आन्दोलनमाथि बालुवाटारमा प्रहरीको पानीको फोहोरा र लाठीचार्ज

    काठमाडौं माघ १३ : प्रतिगमनविरुद्ध आन्दोलनरत बृहत् नागरिक आन्दोलनमाथि बालुवाटारमा प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेको छ ।निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी तथा पानीको फोहरा हानेर दमन गरेको भन्दै अभियन्ताले प्रतिनिधिसभा विघटनपछि नागरिक अगुवाले निरन्तर प्रदर्शन गर्दै सरकारको आलोचना गरेका छन् ।

    कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको टोलीले सोमबार कमलपोखरीको माटोको टीका लगाएर मार्चपास गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि जाने क्रममा प्रहरीले टङ्गालको भाटभटेनी नजिकै लाठीचार्ज र पानीको फोहरा हानेको हो । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

    संसद विघटनलगायत सबै प्रकारका प्रतिगमन विरूद्ध अभियन्ताले सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ्य र न्यायपूर्ण बाटोमा फर्काउनुपर्ने बताएका छन् ।

    प्रदर्शनमा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो। – तस्वीर:- नारायण महर्जन

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै