टाेखा लाइभ / माघ १०
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार विवाह बन्धनमा बाँधिएका छन् । ४९ वर्षीय मुख्यमन्त्री राई आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरू केही समयदेखि प्रेम सम्वन्धमा थिए ।मुख्यमन्त्री राईको पुख्यौंली घर भोजपुर हो भने आमाबाबु हाल अमेरिकामा बस्दै आए पनि शेर्पाको पुर्ख्यौली घर संखुवासभा हो ।
काठमाडौंको एलिस पार्टी प्यालेसमा सम्पन्न विवाह समारोहमा प्रधानमन्त्री केपि ओलि दम्पती लगायत सीमित मानिसहरुको उपस्थिति रहेको थियो । बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामासजिएका थिए ।

फाेटाे : सामाजिक संञ्जाल

