टाेखा नगर प्रमुख प्रकाश अधिकारीले आगामी स्थानीय निर्वाचनमा टोखाका सबै वडामा नेकपाले
क्लिन स्विप गर्ने उद्घोष ।
टाेखा लाइभ / माघ १० ,२०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टाेखा नगर कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। टाेखा नगरपालिका वडा नं ३ स्थित सद्भाव ब्यांक्वेटमा भएको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ईश्वर पोखरेलले सम्बाेेधन गर्नुभएको थियोे।
सो भेलाको अध्यक्षता पार्टी नगर कमिटिका अध्यक्ष सत्य नारायण डंगोलले गरेका थिए । नगर कमिटि सचिवालय सदस्य भानु दाहालले संचालन गरेको सो कार्यक्रमको प्रमुख अथिति नेपाल सरकारको उपप्रधानमंत्री एबम नेकपा, केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेल रहेका थिए भने भने नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका पुर्व मेयर केशव स्थापित नेकपा केन्द्रिय सदस्यदय नारायण सिलवाल,केन्द्रीय सदस्य एबम टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी,कमरेड रत्न गुरुंग,कमरेड बाबू लाल डंगोल, जिल्ला कमिटी सचिवालय सदस्य नारायण भाई श्रेष्ठ,टोखा उपप्रमुख ज्ञानमाया डंगोल, मणि राज डंगोल,क कृष्ण अधिकारी, नीरेश लाल सिंह, तिलक सुनुवार , राम बाबू पाण्डे टाेखा नगरपालिका वडा १ का अध्यक्ष श्रीकृष्ण अधिकारी,टाेखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,टाेखा नगरपालिका वडा ५ का अध्यक्ष जगन्नाथ ढकाल, टाेखा नगरपालिका वडा ७ का अध्यक्ष नरोत्तम राना , प्रेस संगठनका अध्यक्ष पुकार तिमिल्सिना लगायतको सहभागिता रहेको थियोे ।
टाेखा नगर कमिटीको अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको भेलामा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले आगामी स्थानीय निर्वाचनमा टोखाका सबै वडामा नेकपाले क्लिन स्विप गर्ने बताएका छन। शनिवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अगुवा कार्यकर्ता भेलामा प्रमुख अधिकारीले आफुहरुले जनताको मन जितेर काम गरेकाले आगामी निर्वाचनमा जनताले साथ दिने विस्वास व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अधिकारीले आफु निर्वाचित भएदेखि अहिलेसम्म नगरपालिका भित्र २९ किलोमिटर सडक पिच गरिएको र ३९ किलोमिटर सडक ढलान गर्ने काम सम्पन्न भएको जानकारी दिदै अन्य पूर्वाधार ,सामाजिक र सांस्कृतिक कामहरुलाई जनताले महसुस हुने गरि गरेको दावी गरेका थिए।
कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अथिति नेपाल सरकारको उपप्रधानमंत्री एबम नेकपा, केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले चुच्चे नक्सा जारी गरेकै कारण सबैजना केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागेको बताएका थिए । राष्ट्रिय स्वाधिनता एवम सार्वभौम सत्ता रक्षा गर्नको लागि चट्टानी अडान लिएका कारण राष्ट्रिय तथा अन्तरास्ट्रिय शक्ति केन्द्रले केपी ओलीलाई पाखा लगाउन आरोप लगाएको बताउदै उहाँले सम्पुर्ण कार्यकर्तालाई उर्जाकासाथ लाग्न अनुरोध समेत गरेका थिए ।केपी ओलीको सरकारले इतिहासकै लोकप्रिय काम गरेकाले सम्पुर्ण कार्यकर्तालाई सरकारले गरेको काम लिएर जनतामा चुनावी माहोल सिर्जना गरेर लाग्न आव्हान समेत गर्नुभयो।

कार्यक्रममा बोल्ने बक्तादय नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका पुर्व मेयर केशव स्थापित नेकपा केन्द्रिय सदस्यदय नारायण सिलवाल लगायतले प्रधानमन्त्री केपि शर्मा ओलि सरकारको लोक प्रिय काम देखेर अतालिएर सरकार चलाउन नदिने रणनिती बनाएको बताउदै प्रचण्ड नेपाल पक्षकै कारणबाट बर्तमान समस्या निम्तिएको बताएका थिए । संसद बिघटन गर्नु प्रधानमन्त्रीको बिषेशाधिकार भएको बताउदै देशलाइ सहि मार्गमा लान निर्वाचनको बिकल्प नरहेको हुँदा सरकारले गरेको राम्रो काम लिएर जनतामा चुनावी माहोल सिर्जना गरेर लाग्न आव्हान गरेका थिए ।वर्तमान अन्तर बिरोध हल गर्दै टोलटोल वडा वडाबाट संगठन बिस्तार गर्दै लानु पर्नेमा जोड दिएका थिए ।



