• TOKHA LIVE

    • १० माघ २०७७, शनिबार २१:५२

    नेवा: समुदायको एघारौं नेवाः एकता दिवस खोकनामा सम्पन्न:-

    टाेखा लाइभ / माघ १० , २०७७
    यस वर्ष खोकनाका ऐतिहासिक सम्पदाहरु मास्दै बनाउन लागिएको फास्ट ट्र्याकविरुद्ध भइरहेको खोकनाबासीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै खोकनाको खुदोलमै गएर नेवाः एकता दिवस मनाइएको छ ।
    खोकनाबासीले ११ औं नेवाः एकता दिवसलाई नेवाः आन्दोलन दिवसको रूपमा मनाइएको नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले जानकारी दिए।

    सबै नेवाः शक्तिले एकत्रित गर्दै नेवाः आन्दोलनलाई थप सशक्त बनाउने दिनको रुपमा यस वर्षको नेवाः एकता दिवस विभिन्न बाजागाजा सहित ऐतिहासिक खोकना परिक्रमा गरि खोकनाको खुदोलमा मनाइएको छ।

    सडक विस्तार, फास्ट ट्र्याक लगायतका सामाजिक मुद्दादेखि लिएर नेवाः स्वायत्त राज्यसम्मको राजनीतिक एजेन्डालाई पनि सशक्त ढङ्गले उठाउँदै नेवाः आन्दोलनलाई सशक्त रूपमा अघि बढाउने उद्देश्य अनुरुप नेवाः एकता दिवसले सार्थक पाएको ताम्रकारले बताए ।

    ‘नेवाः भूमिमा नेवाःलाई विभिन्न विकासे योजनाको नाममा विस्थापित गरिँदैछ, नेवाः बस्ती, नेवाः सम्पदा मास्न राज्य लागिपरेको देखिन्छ,’ ताम्रकारले भने, ‘अब अलग अलग मुद्दामा संघर्षरत समूहहरु एकै ठाउँमा भेला भई एकिकृत रुपमा आन्दोलन हुनेछ।’

    नेवाः देय् दबूका अध्यक्ष तथा एघारौ नेवाः एकता दिवसका संयुक्त संयोजन समुह समेतका अध्यक्ष नरेश ताम्राकारको सभापतित्वमा नेवाः एकता दिवस कार्यक्रममा राष्ट्रिय गान, नेवाः राष्ट्रिय गान, नेवाः संयुक्त गानको प्रस्तुतबाट सुभारम्भ गरिएको थियो ।

    सडक विस्तार, फास्ट ट्र्याक लगायतका सामाजिक मुद्दादेखि लिएर नेवाः स्वायत्त राज्यसम्मको राजनीतिक एजेन्डालाई पनि सशक्त ढङ्गले उठाउँदै नेवाः आन्दोलनलाई अघि बढाउने ताम्राकारले बताए।

    ‘नेवाः भूमिमा नेवाःलाई विभिन्न विकासे योजनाको नाममा विस्थापित गरिँदैछ, नेवाः बस्ती, नेवाः सम्पदा मास्न राज्य लागिपरेको देखिन्छ,’ ताम्रकारले भने, ‘अब अलग अलग मुद्दामा संघर्षरत समूहहरु एकै ठाउँमा भेला भई एकिकृत रुपमा आन्दोलन हुनेछ।’
    नेवाः एकता दिवसको व्यवस्थापन समुहका अध्यक्ष नेपाल डंगोलले स्वागत मन्तव्य राखेका थिए।

    फाष्ट ट्रयाक परियोजनाका नाउँमा खोकनासंगै जोडिएको मौलिकता , इतिहास र सस्कृतिलाइ ध्वस्त बनाउने एतिहासिक पुरानो सहर कुरुप बनाउने योजना अनुसार सरकारले दस भन्दा धेरै परियोजना ल्याउन लागेको डंगोलले दावी गरे ।

     

    कार्यक्रममा नेवाः अग्रज पूर्व मन्त्री तीर्थराम डंगोल तथा अर्का अग्रज पुर्व राज्यमन्त्री दिलीप महर्जन,ज्यापू महागुथीका अध्यक्ष राजभाइ जकमी , ई. राजदाश श्रेष्ठ ,नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार नेवाः एकता दिवसको व्यवस्थापन समुहका अध्यक्ष नेपाल डंगोल , अभियन्ता सुमन सायमी लगायत विभिन्न जातीय नेवाः समुदाय, नेवाः आन्दोलनका अग्रज ,संघ सस्थाका सबै समूह आवद्द सबैले नेवार समुदाय एक ढिक्का भएर अगाडी बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रमका लागि काठमाडौंका टाेखा,साँखु , थानकोट , किर्तिपुर, ललितपुर , भक्तपुर , विभिन्न भागबाट नेवा: खलपुचहरु सहभागी भै खोकना पुगेका थिए ।

     

    कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिका साथै परम्परागत भजनखल: र आधुनिक गित मार्फत खोकनाको आवाजको रूपमा गितमा वेदना दर्शाएको थियोे भने धुँन्या ब्वज्या प्रस्तुति , लाखे नाच , परम्परागत खाना र खाजाका स्टलसमेत राखिएका थिए।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै