• TOKHA LIVE

    • ९ माघ २०७७, शुक्रबार २१:५८

    माननीय युवा तथा खेलकुद मन्त्री तामाङले नेपाल स्काउटको प्रमुख स्काउटको रूपमा दिक्षा ग्रहण।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    माघ ९ ,२०७७

    माननीय युवा तथा खेलकुद मन्त्री दावा तामाङले नेपाल स्काउटको प्रमुख स्काउटको रूपमा दिक्षा ग्रहण गर्नुभएको छ। हिजो नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा आयोजित एक विशेष समारोहका बिच मन्त्री तामाङले प्रमुख स्काउटको दिक्षा लिनुभएको हो।

    नेपाल स्काउटको राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले प्रमुख स्काउट माननिय मन्त्री तामाङलाई दिक्षित गराउनुभएको थियो। कार्यक्रममा राष्ट्रिय संयोजक भण्डारीले आफ्नो कार्यकालमा नेपाल स्काउटमा अधिकतम सगठनिय सुधार र स्काउटिङ्ग विस्तार भएको जानकारी दिनुभयो।लामो समयको संघर्ष पछि नेपाल स्काउटलाई स्थिरता तर्फ अग्रसर गराउन आफू लागिरहेको र यस अभियानमा नवनियुक्त प्रमुख स्काउटको अधिकतम् साथ र सहयोगको अपेक्षा व्यक्त रहेको बताउनु भयो। प्रमुख स्काउट माननिय मन्त्री दावा तामाङलाई नेपाल स्काउटको बारेमा निर्देशक राम प्रसाद भट्टराईले प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रममा मन्तव्य राख्दै युवा तथा खेलकुद मन्त्रालयका सचिब रामप्रसाद थपलियाले आफ्नो मन्त्रालय मातहत रहेका संस्था मध्य नेपाल स्काउट अग्रभागमा रहेको बताउनुभयो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै