• TOKHA LIVE

    • ९ माघ २०७७, शुक्रबार ०९:००

    नुवाकोटको छहरेमा ऐतिहासिक महोत्सव हुँदै

    छहरे, ८ माघ । नुवाकोटको लिखु गाउँपालिकास्थित छहरे बजारमा ऐतिहासिक महोत्सवको तयारी गरिएको छ। समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि महोत्सवको तयारी गरिएको महोत्सव संयोजक सानु केसीले बताए।

    फागुन १४ देखि २२ गतेसम्म लाग्ने महोत्सवमा स्थानीय कृषि सामग्री,धार्मिक तथा पर्यटकीय स्थानको प्रचारप्रसार गरिनेछ। त्यस्तै स्थानीय झाकी,लाखे नाच, धामी नाच,धिमे नाच, लोक दोहोरी, खैचडी भजनको समेत मेलाको आकर्षण रहने श्रोतले जनाएको छ।

    झण्डै २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहने बताइएको छ। लिखु गाउँपालिकाको सहयोगमा हुन गइरहेको महोत्सवलाई व्यवस्थापन भने ज्योति फिल्मले गरेको छ।- नुवाकोट एक्सप्रेसबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै