काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ५ मा रहेका काठमाडौं महानगरपालिका,बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका १५ वडा वडाहरु मध्ये ९ वटा वडामा नेकपा बाट निर्वाचित जनप्रतिनिधिहरु रहेका छन।
काठमाडौं महानगरपालिका वडा नं २ ,३ ,४ ,बुढानिलकण्ठ नगरपालिकाका ३,५,७ र टोखा नगरपालिकाका ४,५ र ७ नं वडामा निर्वाचत बनेका नेकपा जनप्रतिनिधि मध्ये बुढानिलकण्ठ वडा नं ३ का अध्यक्ष बाहेक सबै वडा अध्यक्ष नेकपा केपी पक्षमा सक्रिय बनेका छन।
काठमाडौं महानगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ ,वडा नं ३ का अध्यक्ष दिपक केसी र वडा नं ४ का अध्यक्ष मोहन बहादुर बिस्ट,टोखा नगरपालिका वडा नं ५ का अध्यक्ष जगन्नाथ ढकाल ,वडा नं ६ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ र वडा नं ७ का अध्यक्ष नरोत्तम राना ओली पक्षमा देखिए संगै काठमाडौं महानगरपालिका र टोखा नगरपालिकामा प्रचण्ड -नेपाल पक्ष जनप्रतिनिधि बिहिन बनेको छ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का अध्यक्ष विजय तामांग र वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन नेकपा ओली पक्षमा सक्रिय बन्दा वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ भने प्रचण्ड -नेपाल पक्षमा सक्रिय देखिएका छन।
नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्वाचन क्षेत्र रहेको काठमाडौं-५ प्रदेस निर्वाचन क्षेत्र १ बाट निर्वाचित नारायण सिलवाल र प्रदेस निर्वाचन क्षेत्र २ बाट निर्वाचित दिपक निरौला नेकपा ओली पक्षको केन्द्रीय सदस्य बने संगै उनले जनप्रतिनिधिको दरिलो साथ पाएको चर्चा हुन् थालेको छ।त्यस्तै समानुपातिक तर्फ बागमती प्रदेस सभा सदस्य रहेकी सिता लामा ओली पक्षमा रहेकी छन भने सिता अधिकारी प्रचन्ड -नेपाल पक्षमा सक्रिय बनेकी छन।
आफ्नो पक्षमा सत प्रतिसत जनप्रतिनिधि बनाउन बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष श्रेष्ठलाई पनि आफ्नो पक्षमा सक्रिय बनाउन निरन्तर प्रयास गरिरहेका उपप्रधानमन्त्री पोखरेललाई काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य,बुढानिलकण्ठ प्रमुख उद्दव खरेल ,टोखा नगरप्रमुख प्रकाश अधिकारी ,बुढानिलकण्ठ उप प्रमुख रमा राई र टोखा उपप्रमुख ज्ञानमाया डंगोलले अभियान नै संचालन गरेर साथ् दिएका छन।

