नेवार भाषा ,कला , संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ पहिलो पटक मिस नेवाः मकवानपुरको आयोजना गरिएको हो । प्रतियोगितामा फस्ट रनर अप लुनिभा श्रेष्ठ, सेकेण्ड रनरअप मनिका खड्गी भएका छन् ।

उपाधिसँगै मिस नेवाः मकवानपुर, फस्ट रनर अप र सेकेण्ड रनर अप विजेताहरूलाई क्रमशः ४० हजार, २० हजार र १५ हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
गएको वर्षको चैत्र महिना ८ गते अन्तिम प्रतियोगिता गर्नका लागि तय गरिएकामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अहिले मात्र प्रतियोगिता आयोजना गरिएको आयोजक लुक्स फेस होमले जनाएको छ ।

