• TOKHA LIVE

    • २ माघ २०७७, शुक्रबार ०८:४०

    न चाकु , न हाकु

    • हिक्मत डंगोल

    जाबो कालो न कालो चाकुको सय रूपियाँ ! अचाक्ली भयो नि भाई! म भन्दा अगाडी उभिएका एक जवान युवकले जीब्रो टोक्दै आश्चर्य व्यक्त गरे।यो कालो चाकु स्पेशल हो भन्ने यो सख्खर मात्र पकाएको ३५ रूपियॉ पर्छ।स्पेशल भन्दैमा बढी पैसा तिराउने भएन नि! त्यो भलादमी युवक सय रूपियॉको दुइटा नोट झिकेर दिए।चाकु स्थल बामफलमा आज विहान ठूलो भीड़ थियो।

    चाकु पसलमा भीड़ थियो।मेरै अगाडी कयौं ग्राहक आउँदै र फर्किदै गरिरहेका थिए।तर म भन्ने लाइनमा पालो पर्खेर बसिरहेको थिएँ।अब मेरो पालो थियो तर म आफ्नो गोजीमा पुग नपुग पैसा छ कि छैन भनेर हेरे।
    तपाईं पनि कालो चाकु लाने हो? सेतो ज्याकेट लगाएका नव युवकले हातमा चाकु लिदैं यो पंत्तिकारलाई सोधे। आज कति भीड, हत्तेरिका! यसो चाकु खाकर जीउ तताउँ भनेको ! एउटा युवक आयो र भुतभुताउँदै फनक्क फर्केर गयो ।

    एकजना बुढा बा आए र दारी कन्याए। हेर! आज भोली चाकु बेचेर यी व्यापारीहरूले कति पैसा कमाउने होला? बूढ़ाबाको गम्भीर अनुहार हेर्दा यस्तै केही सोचिरहेको जस्तो लाग्यो।अनि मलाई लाग्यो यी प्रशनहरूको उत्तर किन नखोज्ने त?

    साहसी र फूर्तिला यी युवक टोखा काठमांडौंको क्वने: लाछीमा बस्छन।टोखाको व्यस्त शहरमा नयॉ तरिकाले चाकु उत्पादन गरेर आफ्नो परिवार पाल्दै आएका यी युवाको नाम हो- कृण्ण श्रेष्ठ ।४१ वर्षीय कृष्णको परिवार सबै सदस्य यही पेशामा लागेका छन्।

    “बाबुबाजेले सुरू गरेको पेशा थियो । आफूले झ्वाट्टै छोडन सकिन।२६ वर्ष यता मरिमेटेर लागेको छु। टोखामा सबभन्दा आधुनिक तरिकाले मेसिन ल्याएर चाकु उत्पादन गर्ने हामीले नै शुरूआत गरेका हौ।पहिले – पहिले टोखामा प्रशस्तै उखु उत्पादन हुन्थ्यो।तर आज भोली हराएकोले कपिलवस्तुबाट ल्याएर चाकु बनाउने गरेका छौं।” उनले एकै सासमा भन्यो।

    टोखामा चाकु उत्पादन गरेर उनका बाबुबाजेले ललितपुर र भक्तपुर सम्म खर्पनमा बोकेर पुर्याएका थिए।उनीहरू आफै बोकेर २/३ दिनको बाटो पनि धाउने गर्थे।कृण्ण पुन भन्छन- “ नेपाल भरिका उत्कृष्ट चाकु हामीले नै उत्पादन गर्ने हुँदा असन बजार सम्म बेच्न जॉदा टोखाको चाकु भनेर लुछाचुडी नै हुने गर्थ्यो।बाबुबाजेलाई चाकु बेच्न निकै मुश्किल थियो।बाटो-घाटो थिएन।खर्पनमा बोकेर ५/६ दिनको बाटो गाउँ गाउँ सम्म लानु पर्थ्यो।गाउँमा लॉदा पैसा आउदैनथ्यो।चाकुबाट नै मकै, धान, जौं र कोदो जस्तो अन्न साट्नु पर्क्थ्यो।यो चाकुको काम गर्न धेरै कठिन छ।तर आम्दानी भन्ने राम्रो छ। यो सिजन भरिमा हामीले २ करोड ९० लाखको व्यापार गरेका छौं। “ उनी सम्झन्छन।

    उनी भन्छन-“ हाम्रो नगरपालिकाले पनि कपिलवस्तुको नगरपालिकासंग सम्बन्ध बनाएर साख: ल्याउन सहज बन्दोबस्त गर्नुपर्छ ।यसमा ढुवानीमा कर मिनाहा गरेर सुबिधा दिनु पर्यो ।”

    Facebook Comments

    छुटाउनुभयो कि? सबै