• TOKHA LIVE

    • २ माघ २०७७, शुक्रबार ०६:४१

    सीमा विवादमा छलफल गर्न भारत अनिइच्छुक !

    २०७७ माघ २ गते

    काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक भारतको नयाँ दिल्लीमा आज हुँदैछ । हैदरवाद हाउसमा विहान संयुक्त आयोगको बैठकमा दुवै देशका परराष्ट्रमन्त्रीले सहभागीता जनाउँदैछन् । नेपालले कोरोनाविरुको खोप र सीमा विवादका विषयमा कुरा उठाउने तयारी गरेको छ । तर, भारत भने सीमा विवादबाट पन्छिने तयारी गरिरहेको छ ।

    आयोगको बैठकको अघिल्लो दिन भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले नेपाल–भारत संयुक्त आयोग र सीमा विवाद छलफल गर्ने संयन्त्र फरक–फरक भएको प्रतिक्रिया दिएका छन् । उनले सीमा विवादका विषयमा आफूलाई जानकारी भएको भने बताए । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत आएका छन्, के बैठकमा नेपाल–भारत सीमा विवादका विषयमा छलफल हुन्छ ? भनी सोधिएको प्रश्नमा प्रवक्ता श्रीवास्तवले भने, ‘हामीलाई सीमा मुद्दाका बारेमा जानकारी छ । ‘जेसीएम’ (संयुक्त आयोग) र सीमा सम्बन्धी छलफल दुई फरक संयन्त्र हुन् ।’

    बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतको नेतृत्व भारतीय विदेशमन्त्री एस. जयशंकरले गर्नेछन् । संयुक्त आयोगको बैठक सुरु हुनुअघि परराष्ट्रमन्त्री ज्ञवाली र जयशंकरबीच हैदरवाद हाउसमै ‘वान–अन–वान’ वार्ता हुनेछ । परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संयुक्त आयोगको बैठकमा नेपाल(भारत सीमा विवाद, खास गरी कालापानी, लिपुलेख र लिम्पियाधुराका विषयमा छलफल हुने जनाएको थियो । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणका बेला सीमा विवादका विषयमा छलफल हुने जनाएका थिए ।

    तर, भारतले यो विषयमा छलफल गर्न आनाकानी गरेको विदेशमन्त्रालयका प्रवक्ताको भनाईबाट प्रष्ट देखिन्छ । तर, नेपालले यो विषयपनि उठाउने एक अधिकारीले जानकारी दिए । भारतीय पक्षले आनाकानी गरेपनि आफुहरुले विषय उठाउने उनले बताए । ‘संयुक्त आयोगको बैठमा धेरै अजेण्डामा रचनात्मक छलफल हुनेमा हामी विश्वस्त छौँ’, प्रवक्ता श्रीवास्तवले भने । उनले संयुक्त आयोग नेपाल र भारतबीचको एक महत्वपूर्ण संयन्त्र भएको बताए । यो संयन्त्रमा सबै द्विपक्षीय मुद्दाहरूमा छलफल हुने उनले जनाए । यसले सम्बन्ध विस्तार गर्न ‘राजनीतिक गाइडेन्स’ पनि प्रदान गर्ने उनले बताए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै