२०७७ पुष २३ गते
टोखा लाइभ । नेकपा (प्रचण्ड–माधव) निकट अनेरास्ववियुले काठमाडौंको प्रदर्शनी मार्गमा प्रतिनिधिसभा विघटनको विरोधमा विरोध प्रदर्शन् गर्दे प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरिएको छ । पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै देशभरी प्रधानमन्त्रीका विरुद्ध प्रचण्ड–माधव समुहका कार्यकर्ताले विरोद्ध जनाउदै आईरहेका बेला बिहिवार प्रदर्शनी मार्गमा रहेका वाल्मीकि, आरआर र नेपाल ल क्याम्पसबाट संयुत रुपमा अनेरास्ववियुले नारा बाजी गदै जुलुससहित प्रर्दशन गरेको हो। 
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु नेता सुधेस पराजुलीले प्रतिगामि सरकारले जनताको हित विपरित काम गरी तथा संविधानको उल्लंघन गरी संसद विघटन गरेकाले त्यसको विरोद्ध गदै प्रधानमन्त्री केपि शर्मावलीको पुतला दहन गरेको पराजुलीको भनाई छ ।
यता अर्का आर आर कलेजका युवा नेता तथा अनेरास्ववियुका अध्यक्ष क्रान्तिकारी देवेन्द्र शर्माका अनुसारअसंवैधानिक क्रियाकलापमा संविधानको हत्या गरेको छ । नेपालको संविधानको माथि ‘कु’ गरेर जनताका् जनमत लाई वेवास्ता गरी संसद विघटन गरेर जनता माथि अन्याय गरेको कारण पुत्ला दहन गर्न बाध्य भएको शर्माले टोखा लाइभलाई बताए । प्रदर्शनी मार्गमा प्रधानमन्त्रीको केपि शर्मा ओलीको पुत्ला दहनकै क्रममा प्रहरी र प्रदर्शनकारी बीच धरपकड भएको थियो।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु नेता सुधेस पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताको बाटो हिडेकाले त्यो स्वीकार्य नहुने बताए। उनले ओली नसच्चिए पूर्व राजा ज्ञानेन्द्र शाह झै एउटा कुनामा थन्किने बताए। पराजुलीले अमेरिकामा डोनाल्ड ट्रम्प र नेपालमा केपी ओलि घातक भएको बताए।





