• TOKHA LIVE

    • १६ पुष २०७७, बिहीबार १८:५५

    कोरोनाका कारण पेटभरि खान संघर्ष

    पुस १६, २०७७
    काठमाण्डौँः युनिसेफ नेपाल र शेयरकास्ट इनिसियटिभ नेपालले नेपालका ८० प्रतिशतभन्दा बढी पालिकालाई समेटेर एउटा सर्वेक्षण गरेको छ । सर्वेक्षणले कोभिड कालपछि बालबालिकाको शिक्षा, स्वास्थ्य र खानपानको अवस्थालाई समेटेको छ । सर्वेक्षणमा २० प्रतिशतले पेटभरि खानका लागि दैनिक संघर्ष गर्नुपरेको देखिएको छ ।
    कोभिड १९ का कारण धेरै बालबालिकाको शिक्षा र स्वास्थ्यमा असर गरेको समेत पाइएको छ ।

    ६१ प्रतिशत अभिभावकले पछिल्लो महिनामा कुनै किसिमको आम्दानी गर्न नसकेको बताएका छन् । आम्दानी गर्नेको पनि मासिक कमाइ १० हजारभन्दा कम देखिएको छ । १२ प्रतिशत परिवारले सरसफाइलाई चाहिने अत्यावश्यक साबुन र लुगा धुने पाउडरको अभाव रहेको बताएका छन् ।

    कोभिडपछि २० प्रतिशत अभिभावकले आफ्ना बालबालिकाको पठनपाठन बन्द गराएको बताएका छन् । इन्टरनेटको पहुँचका कारण बालबालिकाको पढाइ रोकिएको संर्वेक्षणले देखाएको छ । विद्यालय खुले पनि ४९ प्रतिशत अभिभावकले मात्र आफ्ना बालबालिकालाई विद्यालय पठाउने भएका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै