• TOKHA LIVE

    • ८ पुष २०७७, बुधबार ०८:३४

    ओमनको यात्रा नगर्न नेपालीलाई दूतावासको आग्रह

    २०७७ पुष ८ गते

    काठमाडौं। खाडी मुलुक ओमनले सम्पूर्ण हवाई र स्थलमार्ग हुने आवागमनमा एक साताका लागि रोक लगाएपछि मस्कटस्थित ओमनका लागि नेपाली दुतावासले नेपालीलाई ओमन यात्रा नगर्न आग्रह गरेको छ। यात्राका क्रममा रहेकाहरुलाई यात्रा ब्यवस्थापन गर्नसमेत दूतावासले आग्रह गरेको छ।

    दुतावासले मंगलबार विज्ञप्ति जारी गर्दै २२ डिसेम्बरदेखि २९ डिसेम्बरसम्म नेपाल ओमन यात्राका क्रममा रहेकाहरुलाई यात्रा नगर्न आग्रह गरेको छ।

    कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै ओमनको सर्वोच्च कमिटीले सम्पूर्ण हवाई र स्थलमार्गबाट हुने आवागमनमा एक साता (२२ डिसेम्बरदेखि २९ डिसेम्बरसम्म) का लागि रोक लगाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै