• TOKHA LIVE

    • ४ पुष २०७७, शनिबार ०९:०६

    राष्ट्रिय वाणिज्यले कर्णाली प्रदेशका कृषकलाई ०.७४ प्रतिशत कर्जा दिने:-

    टाेखा लाइभ/ पुस ४

    राष्ट्रिय वाणिज्य बैंक र कर्णाली प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बीच कर्णाली प्रदेशमा व्यवसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसाय गर्न कुषक उद्यमिहरुलाई रु एक लाख देखि एक करोड सम्म व्यवसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसाय कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।उक्त सम्झौता बैंकको तर्फबाट कर्णाली प्रदेश कार्यालय सुर्खेतमा भएको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सुर्खेतका प्रादेशिक प्रबन्धक राम कुमार थापा र मन्त्रालयको तर्फबाट सचिब राजेन्द्र कुमार मिश्रले हस्ताक्षर गरेका हुन् ।उक्त कार्यक्रम कर्णाली प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री बिमला के सि सभाध्यक्ष, कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

    उक्त कार्यक्रमा बैंकका कृषि तथा सामाजिक बैंकिङ्ग बिभागका बिभागिय प्रमुख राज्यलक्ष्मी खड्गी, बैंक शाखा कार्यालय सुर्खेत, वीरेन्द्रनगर, मेहलकुना र बिद्यापुरका शाखा प्रबन्धक तथा कर्णाली प्रदेश कार्यालयका कर्मचारीहरु र मुख्य मन्त्री, मन्त्री, सचिब लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो । अबका दिनहरुमा कर्णाली प्रदेशका कृषकहरुले ०.७४ प्रतिशतमा व्यवसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसाय कर्जा प्राप्त गर्न सक्ने बैंकले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै