• TOKHA LIVE

      TOKHA LIVE

    • २२ श्रावण २०८३, शुक्रबार १३:२७

    नबिल बैंकको ४२औँ वार्षिकोत्सवमा ‘लाइफटाइम फ्री’ क्रेडिट कार्ड योजना

    काठमाडौं साउन २२/ नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि विशेष ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार अगस्ट २२, २०२६ सम्म नयाँ क्रेडिट कार्डका लागि आवेदन दिने ग्राहकले आजीवन जोइनिङ फीवार्षिक शुल्क (एनुअल फी) तिर्नु नपर्ने सुविधा प्राप्त गर्नेछन्।

    नबिल बैंकका ट्रान्जेक्सन बैंकिङ तथा एन बैंकका चिफ बिजनेस अफिसर निरज शर्माका अनुसार बैंकले वार्षिकोत्सवको अवसरमा विभिन्न बैंकिङ सेवामा विशेष सहुलियत उपलब्ध गराइरहेको छ। उनले तीन दशकभन्दा बढी समयदेखि नबिलले क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै यो अभियान ग्राहकका लागि विशेष आकर्षण हुने बताए।

    उनका अनुसार नियमित आम्दानी भएका व्यक्तिले नबिल बैंकको कुनै पनि शाखा वा एन बैंक डिजिटल प्लेटफर्ममार्फत क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्। आवेदनका लागि नागरिकताको प्रतिलिपि, पासपोर्ट साइज फोटो, नियमित आम्दानी पुष्टि गर्ने कागजात तथा आवश्यक विवरणसहितको आवेदन फाराम पेश गर्नुपर्नेछ। व्यवसायीका हकमा व्यवसायसम्बन्धी वित्तीय विवरण र कर चुक्ता प्रमाणपत्र आवश्यक पर्नेछ भने नबिलमा खाता नभएका ग्राहकले बैंक स्टेटमेन्ट पनि उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

    बैंकका अनुसार ग्राहकले घरबाटै एन बैंक एप वा वेबमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदनपछि आवश्यक कागजात अपलोड गर्न सकिने र कार्ड जारी प्रक्रियाबारे एसएमएस, इमेल वा फोनमार्फत जानकारी दिइने व्यवस्था गरिएको छ।

    नबिलको क्रेडिट कार्डमार्फत ग्राहकले अधिकतम ४५ दिनसम्म ब्याजबिनाको (इन्ट्रेस्ट फ्री) क्रेडिट सुविधा उपयोग गर्न सक्नेछन्। साथै, बैंकले ‘बाइ नाउ पे लेटर (बीएनपीएल)’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ, जसअन्तर्गत आबद्ध व्यापारिक प्रतिष्ठानबाट खरिद गरिएका वस्तुको भुक्तानी मासिक किस्तामा गर्न सकिनेछ।

    क्रेडिट कार्ड प्रयोगकर्ताले विभिन्न रेस्टुरेन्ट, होटेल, अस्पताल, डाइग्नोस्टिक सेन्टर, सपिङ मल तथा अन्य व्यापारिक प्रतिष्ठानमा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ। साथै, ई–कमर्स कारोबारका क्रममा सामान प्राप्त नभए वा विवरणअनुसारको वस्तु नआए ‘चार्जब्याक’ जस्ता सुरक्षा सुविधा पनि उपलब्ध हुने बैंकको भनाइ छ।

    बैंकका अनुसार यसको डोमेस्टिक क्रेडिट कार्ड नेपालसँगै भारतमा समेत प्रयोग गर्न सकिन्छ, जसले यात्रु तथा नियमित कारोबार गर्ने ग्राहकलाई थप सहजता प्रदान गर्नेछ।

    यसै अवसरमा बैंकले इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट तथा सेफ डिपोजिट लकर सेवाको सुरक्षण धरौटी शुल्कमा ४२ प्रतिशत छुट दिने घोषणा पनि गरेको छ। बैंकका अनुसार यी सबै अफर अगस्ट २२, २०२६ सम्म लागू रहनेछन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै