• TOKHA LIVE

    • २८ मंसिर २०७७, आईतवार ०७:२९

    सिद्धार्थ बैंकद्वारा वृद्धाश्रमलाई आर्थिक सहयोग:-

    टाेखा लाइभ / मंसिरमा २८

    सिद्धार्थ बैंक लिमिटेडले वृद्धाश्रम पुन: निर्माणको लागि बैंकले शुक्रबार काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९, गोठाटार स्थितश्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई दुई लाख आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।

    बैंकले श्री कृष्ण प्रणामी सेवा समिति नेपालले २०७२ सालमा गएको विनाशकारी भुकम्पको कारणले क्षति भएपछि र अतिजोखिममा रहेको श्री कृष्ण प्रणामी भवनको पुन संरचना कार्य गर्नका लागि उपयोग गर्नेछ। भवनमा समितिद्वारा वृद्धाश्रम सञ्चालन गर्दै आएको र निर्माण पश्चात सो भवन समितिले असाहाय वृद्धवृद्धाहरुको आवासका लागि उपयोग गर्नेछ ।बैंकले शिक्षा, स्वास्थय, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने जनाएको छ ।

    समाज कल्याणको कार्य गर्दै आइरहेका उक्त संघलाई बैंकले पुर्याएको सो रकम सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वासबैंकले लिएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै