• TOKHA LIVE

    • २६ मंसिर २०७७, शुक्रबार ०८:५३

    स्वयम्भूको हजार बुद्ध मुर्ती र बोधी चैत्य नभत्काइने

    २०७७ मंसिर २६, गते

    काठमाडौं । चक्रपथ बिस्तारको क्रममा भत्काइने भनिएको स्वयम्भूका बुद्धमुर्तीहरु नभत्काइने भएको छ । स्वयम्भू विश्व सम्पदा बचाऔं अभियानमा अभियन्ताहरुसँग भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङले उक्त कुरा बताएका हुन् ।

    अभियानले जारी गरेको बिज्ञप्ती अनुसार प्रधानमन्त्री केपी ओलीले आफुहरुले उठाएको विषयलाई सकरात्मक रुपमा लिइ दिएको निर्देशन अनुसार मन्त्री तथा सडक विभागका महानिर्देशकसमेत बसेर मौखिक रुपमा स्वयम्भूको हजार बुद्धमुर्तिसहित बोधी चैत्यलाई संरक्षण गर्दै सडक बिस्तार गरिने जनाएको हो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै