• TOKHA LIVE

    • २३ मंसिर २०७७, मंगलवार १६:३१

    मुक्तिनाथ विकास बैंकद्वारा १५.५१५ लाभांश दिने घोषणा:-

    टाेखा लाइभ / मंसिर २३ काठमाडौं

    मुक्तिनाथ विकास बैंकले १५.५१५ लाभांश दिने घोषणा सार्वजनिक गरेको छ । बैंकको केन्द्रिय कार्यालयमा आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ११.२५५ बोनस र कर प्रयोजनसहित ४.२६५ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीको हात लाभांश पर्ने बैंकले बताएको छ ।यसर्थ, मुक्तिनाथले ४८ करोड ६५ लाख ६१ ह्जार ३१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, १८ करोड ४२ लाख ४४ हजार ५५२ रुपैयाँ नगद बाँड्नेछ ।गत वर्ष मुक्तिनाथ विकास बैंकले  १७.६५ बोनस र ०.९३५ नगद लाभांश वितरण गरेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै