• TOKHA LIVE

    • २३ मंसिर २०७७, मंगलवार ०५:४१

    म लडे कति लडुँला

    • पुजा चौधरी
    लडे_लडे कति धेरै चोटि लडे
    के थाहा कति लडे
    अब त गर्नै पनि छाडिसके
    थाहा छैन कति लडे
    कसैले सोधे कति
    धेरै चोट पाएको छ
    के उत्तर दिनु मैले
    जिन्दगीलाई सोध
    चोट उसैले दिएको छ
    जहाँ_ जहाँ चोट खाई
    उठे त्यहि फेरि लडे
    लडे _ लडे धेरै चोटि
    लडे के थाहा कति धेरै लडे
    सबैको मुखमा मायाको
    नाम लिएको छ?
    नचिन्नेलाइ के भन्नु ?
    चिन्नेले नै घाऊ दिएका छन्
    पाखुरा बलियो जति
    उठे फेरि किन त्यहि लडे
    लडे _लडे धेरै चोटि लडे
    के थाहा कति लडे
    तर सबैभन्दा गाह्रो
    आफैसंग लड्नु रहेछ
    जुन म हर घडि हास्दै लडिरहेकि हुन्छु।

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै