• TOKHA LIVE

      TOKHA LIVE

    • २० मंसिर २०७७, शनिबार १९:४४

    नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’

    २०७७ मंसिर २० गते

    टोखा लाइभ। मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेको छन् । आज भएको ग्राण्ड फिनाले मार्फत उनी विजेता भएकी हुन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वर्ल्डको ताज पहिरिएकी हुन् ।

    उनले अब मिस वर्ल्ड २०२० मा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठले क्राउन पहिराइदिएकी थिइन्। उनले नगद २ लाख ५ हजार रुपैयाँ प्राप्त गरेकी छिन्।

    यस्तै यो वर्षको ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितकी छन् भने ‘मिस नेपाल इन्टनेशनल’को उपाधि सन्ध्या शर्माले हात पारेकी छन् ।

    अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।

    नम्रताले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरितीका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई शिक्षामार्फत सशक्तीकरण गर्न आफू अघि बढ्ने बताएकी थिइन् ।

    यस्तै ब्युटी विथ पर्पसको उपाधि सन्ध्या शर्माले जितेकी छिन् भने मिस पपुलर च्वाइस अवार्ड पनि उनैको पोल्टामा परेको छ।

    त्यस्तै मिस हेल्दीको उपाधि नेहा सरकारले जितेकी छन् भने मिस फोटोजेनिकको उपाधि आस्तिका श्रेष्ठले जितेकी छिन्।

    यस्तै मिस ग्ल्यामरको उपाधि योजना भट्टराईले जितेकी छिन्। यस्तै मिस स्टाइलिस मेरिसा सिंह सुवालले जितेकी छिन्।

    यस्तै वुमन अफ सबस्ट्यान्सको उपाधि सन्ध्या शर्माले जितेकी छिन् भने मिस इन्टेलेक्चुअलको ताज नम्रता श्रेष्ठले जितेकी छिन्। यस्तै मिस फिटनेशको उपाधि सुबाङगी खत्रीले जितेकी छिन्।

    यस्तै मिस टुरिजमको उपाधि रिया श्रेष्ठले जितेकी छिन्। ती सबैजनाले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै