टाेखा लाइभ मंसिर १८ काठमाडौं :
मुक्तिनाथ विकास बैंकले काठमाडौ महानगरपालिका वडा नं. ३, लाजिम्पाटमा लामो समय आफ्नै स्वामित्वमा रहेको जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण थालेको छ । शिलान्यास पछि अब बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने बैंकले जनाएको छ ।
सोमबार बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका हुन् । उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

