टाेखा लाइभ मंसिर १८
ज्योति विकास बैंक लिमिटेडले ‘स्क्यान एन्ड विथ्ड्र’ सेवा संचालनमा ल्याएको छ। स्क्यान एन्ड विथ्ड्र मार्फत काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने छ। बैंकले यो सेवा देश भरिका १०५ वटै शाखा कार्यालयबाट एकैपटक शुरुवात गरेको छ। सो सेवा संचालन पश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटिएम कार्ड बोकिरहनुपर्ने छैन ।
सो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ‘ज्योती स्मार्ट एप’ मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड ‘क्यूआर कोड’ स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्ने बैंकले बताएको छ।
आधुनिक बैंकिंग प्रविधिलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङलाई थप सुदृढ बनाउनुका साथै ग्राहकहरूलाई सहज र छिटो सेवा प्रदान गर्दै आइरहेको ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३४ अर्व ६० करोड रुपैयाँ लगानी गर्न सफल भएको छ ।

