• TOKHA LIVE

    • १० मंसिर २०७७, बुधबार १६:१५

    न्हुज पुस्तकालय द्वारा ‘अक्सिजन सिलिन्डर वितरण’ आकस्मिक रुपमा अक्सिजन चाहिएमा फाेन गर्नुस्

    टोखा लाइभ ।केही सातायता कोरोना (कोभिड १९) सङ्क्रमण भएर गम्भीर लक्षण देखिएका र सिकिस्त बिरामीहरूको सङ्ख्या बढ्न थालेपछि मेडिकल अक्सिजनको अभाव नहोस भन्ने हेतुले हिउँदै सँगै कोभिड १९ को संक्रमण भएका व्यक्तिलाई सहज स्वास्थ्य लाभका लागि न्हुजः पुस्तकालयले कृत्रिम अक्सिजन सिलिण्डरको व्यवस्था गरेको छ ।

    “ कोरोना सङ्क्रमणको मुख्य असर श्वासप्रश्वास प्रणालीमा हो । यसकारण सङ्क्रमितलाई जतिबेला पनि अक्सिजन चाहिन सक्छ । लक्षण देखिएका कोरोना सङ्क्रमित व्यक्ति होमआइसोलेसनमा बस्दा सिलिन्डर राख्नैपर्छ । किनकि जतिबेला पनि श्वासप्रश्वास समस्या देखिन सक्छ ।यसमा अक्सिजन चाहिने व्यक्तिले ५ हजार डिपोजिट राखेर लैजान सकिन्छ “। न्हुज: पुस्तकालयका महासचिव विकास डंगोलले टोखा लाइभलाई बताउनु भयो।

    बजारमा दुईखालका अक्सिजन सिलिन्डर पाइन्छन् । एउटा ठुलो र अर्को सानो । सानो आकारको अक्सिजन १० लिटर र ठुलो ४७ लिटर क्षमताको हुन्छ। सानोले करिब १२ घण्टासम्म अक्सिजन दिन्छ भन्ने ठुलो सिलिन्डरले ४८ घण्टासम्म दिन्छ ।

    महासचिव विकास डंगोलका अनुसार अहिले देशका ४५ भन्दा बढी अस्पतालमा अक्सिजन प्लान्ट र त्यत्तिकै संख्यामा अक्सिजन कन्सन्ट्रेटर छन् ।हामीसित अहिले सयको हाराहारीमा अक्सिजन प्लान्ट रहेको छ। त्यसमा पनि कोरोना सङ्क्रमित धेरै बिरामीलाई अक्सिजन दिनुपर्ने देखिएको छ।

    त्यसबाहेक लक्षण देखिएका कतिपय अन्य बिरामीलाई सास फेर्न गाह्रो भए अक्सिजन दिनुपर्छ । लक्षण देखिएर घरमै रहेका धेरै बिरामीलाई श्वास फेर्न गाह्रो भएको बताइएको छ । अस्पतालमा भन्दा होमआइसोलेसनमै धेरै अक्सिजनको माग भइरहेको छ । हामी टोखाका आम नागरिक लाई अक्सिजनको सेवा दिई यसलाई निरन्तरता दिनेछौं।महासचिव विकास डंगोलले टोखा लाइभलाई जानकारी दिए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै