• TOKHA LIVE

    • ६ मंसिर २०७७, शनिबार ०९:११

    पालन गर्न नगरपालिकाबाट लगेका १४ गाईको हत्या, एक जना पक्राउ

    बैतडी । बैतडीमा गाई पालन गर्न भनी नगरपालिकाबाट लगेका गाईको सामुहिक हत्या भएको पाइएको छ । प्रहरीले गाईलाई हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ समेत गरेको छ । बैतडीमा १४ वटा गाई एकै स्थानमा मृत अवस्थामा भेटिएपछि यो घटना सार्वजनिक भएको हो ।

    प्रहरीका अनुसार पुर्चौडी नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । अर्का एक जना फरार छन् । सोही स्थानका सुरेश पार्की फरार रहेका छन् ।

    उनीहरुले बैतडीको पाटन नगरपालिकासँग सम्झौता गरी ३४ वटा गाई पाल्ने गरी लगेका थिए । गाइपालनलाई प्रोत्साहन गर्न नगरपालिकाले उनीहरुलाई प्रति गाईवापत २ हजार नगदसमेत दिएको थियो । नगरपालिकाबाट लगेका १४ वटा गाई मृत अवस्थामा फेला परेपछि उनीहरूले नै हत्या गरेको प्रहरीको आशंका छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै