• TOKHA LIVE

    • २ मंसिर २०७७, मंगलवार १२:४९

    आज सार्वजनिक बिदा, नेवार समुदायले किजापुजा गर्दे

    टोखा लाइभ । नेवार समुदायले आज किजापुजा गर्ने भएका छन् । सोही प्रयोजनका लागि सरकारले आज देशैभर सार्वजनिक बिदा समेत घोषणा गरेको छ । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेको भन्दै नेवार समुदायका केही समुहले भने आज किजापुजा गर्न लागेका हुन् । अधिकांश समुहले भने सोमबार नै भाइटिका लगाएका छन् । अन्य समुदायले समेत सोही दिन तिहार मनाएका छन् ।

    किजापुजालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । अन्य समयमा भने बालगोपालेश्वर मन्दिर किजापुजाको दिनमा मात्र खोल्ने प्रचलन रहेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै