• TOKHA LIVE

    • ३० कार्तिक २०७७, आईतवार ०५:१९

    अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनले दिए दिपावलीको शुभकामना

    २०७७ कार्तिक ३० गते

    काठमाडौं। अमेरिककाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले हिन्दुहरुको महान चार्ड दिपावलीका अवसरमा शुभकामना दिएका छन्। उनले ट्वीटरमाफर्त लाखौं हिन्दु, जैन, बौद्धिस्टहरुलाई दिपावलीको शुभकामना दिएका छन्।

    बाइडेन हालै भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा निर्वाचित भएका छन्। तर, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गरिसकेका छैनन्। अमेरिकामा नयाँ राष्ट्रपतिले आगामी जनवरी २० मा शपथ लिने छन्।

    ट्रम्पले हार स्वीकार नगरेर कानूनी लडाईँ लडे अमेरिकाले ४६ औं राष्ट्रपति पाउन केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्। ३ नोभेम्बरमा भएको चुनावमो मतगणना १३ नोभेम्बरमा सकिएको छ।

    ५३८ इलोक्टरल कलेज भोट मध्ये बाइडेनले ३०६ मा जित हात पारेका छन् भने ट्रम्पले २३२ मा जित हात पारेका छन्। अमेरिकामा राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलोक्टरल कलेज जित्न आवश्यक हुन्छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै