• TOKHA LIVE

    • २४ कार्तिक २०७७, सोमबार ०५:३८

    यो वर्ष शिकार आरक्षमा एक नाउर र एक झारलको मात्र शिकार हुने

    टोखा लाइभ । कोरोना भाइरसको प्रभावले यो वर्ष शिकार आरक्षमा हुने शिकार घट्ने भएको छ । नेपालमा बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकका लागि शिकार गर्न अनुमति दिइन्छ ।

    कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारल मात्र सिकार हुने भएको नेपालको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    कोरोना महामारीका कारण गत वर्षको चैतदेखि सिकार हुन नसकेको आरक्षमा यस वर्षको पहिलो याममा एक मात्र झारल र नाउरको सिकार हुने भएको हो।

    राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेको थियो । तर, यसबीचमा एउटा कम्पनीको आवेदन गरेको हो ।

    नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिक मंसिर पहिलो साता ढोरपाटन आउने छन्। विदेशी सिकारीले नाउरको लागि एक लाख ६० हजार र झारलको लागि ९० हजार रूपैयाँ राजश्व बुझाएका छन्।

    सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्नेछन्। यसअघि आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेनलगायतका देशबाट धनाढ्य सिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गरेका थिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै