टोखा लाइभ ।काठमाडाैँकाे गाेकर्णेश्वर नगरपालिकास्थित प्राचीन नेवाः बस्ती “देसय् गाउँ” मा खुला संग्रहालयकाे शिलान्यास भएकाे छ। 
उपत्यकाकै सबैभन्दा प्राचीन बस्ती मध्ये एक प्रमाणित गाेकर्णेश्वर महादेवस्थनबाट नजिक माथिल्लाे डाँडामा अवस्थित “देसय् गाउँ” मा बागमती प्रदेशका भाैतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालले संग्रहालयकाे शिलान्यास गर्नुभएकाे हाे। खुला संग्रहालय अन्तर्गत स्थानीय टाेल, लाछिमा रहेका कुमारी, भैरवस्थान, पाटी-पाैवाकाे संरक्षण साथै थुप्रै मूर्त तथा अमूर्त सम्पदाहरुलाई व्यवस्थित गर्दै सांस्कृतिक पर्यटनमा जाेड दिने मन्त्री फुयालले बताउनु भयाे।
संग्रहालयका लागि बागमती प्रदेश सरकारले ४० लाख साथै गत वर्ष २० लाख र यस वर्ष २० लाख बजेट प्रदान गरेकाे हाे।

