• TOKHA LIVE

    • २१ कार्तिक २०७७, शुक्रबार ०५:०९

    संसदका दुबै सदन नजिते बाइडेन राष्ट्रपति भएपनि गतिरोध

    कार्तिक २१, २०७७

    टोखा लाइभ ।संसदका दुबै सदनमा बहुमत कायम गर्न नसकेको खण्डमा जो बाइडेनले राष्ट्रपति चुनाव जितेपनि सुरुदेखि नै गतिरोध कायम रहने देखिएको छ । अहिलेसम्मको अवस्था अनुशार सिनेटमा रिपब्लिकनको बहुमत कायम हुने सम्भावना रहेको छ ।

    हाउसमा डेमोक्र्याटस्को बहुमत रहेपनि सिनेटमा रिपब्लिकनको बहुमत कायम रहेको खण्डमा डेमोक्र्याट्स समर्थित बिलहरु पारित हुनमा सहज हुनेछैन । डाका र टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा लैजाने बिलहरुदेखि कोरोनाको राहत प्याकेजसम्म पारित हुनमा सहज हुनेछैन ।

    बाइडेन राष्ट्रपतिमा निर्वाचित भएमा डोनाल्ड ट्रम्पले जारी गरेका केही कार्यकारी आदेशहरु उल्टाउन सक्नेछन् । र बाइडेनले नयाँ कार्यकारी आदेशहरु जारी गर्न सक्नेछन् । तर ट्रम्पले जारी गरेका आदेशहरु उल्टाउँदा अदालतको बाटोमा गएको खण्डमा सर्बोच्च अदालतमा रिपब्लिकनहरुले नियुक्त गरेका न्यायाधिसहरुको बाहुल्यता रहेको छ ।

    सर्वोच्च अदालतका ९ न्यायाधिसमध्ये ६ जना न्यायाधिसहरु रिपब्लिकनले नियुक्त गरेका रुढीवादी न्यायाधिसहरु रहेका छन् भने ३ जना न्यायाधिसहरु डेमोक्र्याट्सले नियुक्त गरेका प्रगतिशिल न्यायाधिसहरु रहेका छन् । कतिपय विषय सर्वोच्च अदालतमा पुग्दा बाइडेन प्रशासनको विपक्षमा निर्णयहरु आउनसक्ने सम्भावना उच्च रहेको छ ।

    टीपीएस र डाकामा हुनेहरुले यति बेला बाइडेन राष्ट्रपतिमा निर्वाचित भएमा केही राहत प्राप्त हुने आशा गरेका छन् । तर दुबै सदनमा पकड कायम नभएसम्म उनीहरुलाई ग्रिनकार्डको बाटोमा लैजान सहज छैन । यद्यपी बाइडेनले कार्यकारी आदेशमार्फत तत्कालै देशनिकाला हुनबाट भने बचाउन सक्नेछन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै