• TOKHA LIVE

    • २० कार्तिक २०७७, बिहीबार ०३:५७

    अमेरिकी चुनाव अपडेटः बाइडेनको अग्रता कायमै, राष्ट्रपति बन्न अब २२ इलेक्टोरल कलेज आवश्यक

    २०७७ कार्तिक २० गते

    वाशिङ्टन डीसी ( एजेन्सी)। अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी रहँदा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले लगातार अग्रता बढाएका छन्।

    उनले यो समाचार तयार पार्दासम्म २४८ इलेक्टोरल कजेज भोट जितेका छन्। राष्ट्रपति बन्न कम्तिमा २७० भोट आवश्यक पर्छ। उता वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेज जितेका छन्।

    यो समाचार तयार पार्दासम्म वाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २ प्रतिशतले अग्रता बनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।

    हालसम्म बाइडेनले ५०.२ प्रतिशत मत प्राप्त गरेका छन् भने ट्रम्पले ४८.२ प्रतिशत मत प्राप्त गरेका छन्। बाइडेनका पक्षमा ७०,५०६,७५५मत गणना गरिएको छ भने ट्रम्पको पक्षमा ६७,७७६,६६५ मत गणना गरिएको छ।

    बाइडेनले मिशिगन र विस्कोन्सिन राज्यमा महत्वपूर्ण जित हात पारेसँगै अग्रता बढाएका हुन्। एरिजोनामा बाइडेनले अग्रता बनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्। बाइडेनले मिशिगन र विस्कोन्सिनमा जित हात पारे त्यो निकै महत्वपूर्ण हुने बताइएको छ।

    अहिले बाइडेनले अग्रता लिइरहेका राज्यहरुमा उनले जिते बाइडेन राष्ट्रपति बन्न सक्ने विश्लेषण गरिएको छ।

    यद्यपी दुबै उम्मेदवारले हालसम्म आफूले जित्ने दावी गर्दै आएका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै