• TOKHA LIVE

      TOKHA LIVE

    • १६ कार्तिक २०७७, आईतवार ११:५७

    टीएससीएफपीबाट लक्ष्मी बैंकलाई सम्मान

    २०७७, १६ कात्तिक १६ गते

    काठमाडौं। लक्ष्मी बैंकलाई एसियाली विकास बैंक (एडीबी) ले अग्रणी साझेदार बैंकका रुपमा सम्मान गरेको छ।

    एडीबीको ट्रेड एण्ड सप्लाइ चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) बाट सन् २०२० का लागि नेपालको अग्रणी साझेदार बैंकका रुपमा सम्मान गरेको हो।

    टीएससीएफपीसँग सन् २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरे वापत हालै एक भर्चुअल कार्यक्रमबीच एडबीले सम्मान गरेको लक्ष्मी बैंकको विज्ञप्तिमा उल्लेख छ।

    लक्ष्मी बैंकको ७७ मध्ये ४८ जिल्लामा १२१ शाखा कार्यालय छन्। बैंकका ७ वटा विस्तारित काउन्टरका साथै ४ वटा हस्पिटल सेवा काउन्टर र १५१ वटा एटीएम काउन्टर छन्। बैंकका देशभर २५ सयभन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ सेवा इकाइ पनि छन्।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै