• TOKHA LIVE

    • १ कार्तिक २०७७, शनिबार १९:५८

    मिथुन चक्रवर्तीका छोरामाथि बलात्कार र जबरजस्ती गर्भपतन गराएको आरोप

    २०७७ कार्तिक १ गते

    मुम्बई ।बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा महाक्षय चक्रवर्तीमाथि बलात्कार र जबरजस्ती गर्भपतन गराएको आरोप लागेको छ । ३८ वर्षकी एक महिलाको तर्फबाट ओशिवारा पुलिस स्टेशनमा महाक्षयविरुद्ध उजुरी दर्ता गराइएको छ । उजुरीमा मिथुनकी पत्नी योगिता बालीमाथि पनि धम्की दिएको आरोप लगाइएको छ ।

    पीडित महिलाले दर्ता गराएको उजुरीअनुसार ती महिला २०१५ देखि २०१८ सम्म महाक्षयसँग सम्बन्धमा थिइन् । उनी २०१५ मा महाक्षयको अंधेरीमा रहेको फ्ल्याट हेर्न जाँदा उनको ड्रिंकमा केही मिसाएर उनीसँग जबरजस्ती शारीरिक सम्बन्ध राखिएको थियो । यसबाट उनी गर्भवती भएपछि महाक्षयले उनलाई गर्भपतन गराउन भनेका थिए । पीडित महिलाका अनुसार उनलाई थाहै नदिइ केही औषधि दिएर उनको गर्भपतन गराइएको थियो । पीडित महिलाले यसै सिलसिलामा महाक्षयकी आमा योगितासँग कुरा गर्दा योगिताले आफूलाई धम्क्याएको उजुरीमा जनाएकी छिन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै