• TOKHA LIVE

    • १ कार्तिक २०७७, शनिबार ०५:३६

    यस वर्षको मनसुन बाहिरियो

    २०७७ कार्तिक १ गते

    टोखा लाइभ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि बाहिरिएसँग मौसम घमाइलो हुँदै गएको छ ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते ९अक्टोबर १० नै बहिर्गमन भएको थियो । आजदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन निकालेर जनाएको छ ।

    नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् । गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै