• TOKHA LIVE

    • २९ आश्विन २०७७, बिहीबार ०८:५८

    मन्त्री परिषदमा हेफेर, अर्थमन्त्रीमा बिष्णु पौडेल

    २०७७ आश्विन २९, विहिवार

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् । राष्ट्रपतिकोकार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँनियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।

    नयाँ मन्त्रिपरिषद्‍मा नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिईएको छ । यसअघिका अर्थमन्त्री युवराज खतिवडालेसंसद सदस्य बन्न नसकेपछि राजीनामा दिएका थिए ।

    नयाँ हेरफेर अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । उनलेसम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    उनले सम्हाल्दै आएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ ।

    यस्तै सहरी विकासको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । यो मन्त्रालय भौतिक पर्वाधार तथा यातायत मन्त्री बसन्तकुमारनेम्वाङले सम्हाल्दै आएका थिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै