• TOKHA LIVE

    • २७ आश्विन २०७७, मंगलवार ०८:०६

    ग्यास सिलिन्डरको धरौटी २१ सय रुपैयाँ

    २०७७ असोज २७ गते

    टोखा लाइभ । नेपाल ग्यास उद्योग संघले खाना पकाउन प्रयोग हुने एलपीजी ग्यासको खाली सिलिन्डरको धरौटी रकम दुई हजार एक सय रुपैयाँ कायम गरेको छ। बिक्रेताहरुले ग्यासको ब्राण्ड अनुसार जथाभावी मूल्य लिन थालेपछि संघले धरौटी रकममा एकरुपता कायम गरेको हो।

    संघको साधारणसभाले दुर्गम जिल्लाबाहेक देशभर धरौटी मूल्य एकै प्रकारको बनाएको हो। अब उद्योगहरुले तोकिएको भन्दा बढि रकम लिन पाउँदैनन्।

    संघले सार्वजनिक सूचना जारी गरी उपभोक्ताहरुलाई नयाँ सिलिन्डर खरिद गर्दा बिक्रीताहरुबाट उद्योगको धरौटी रसिद लिन पनि आग्रह गरेको छ। धरौटी रसिद नलिएका सिलीन्डरको दायित्व उद्योगले नलिने जारी सूचनामा उल्लेख छ।

    नेपाल आयल निगमका अनुसार हाल ५६ वटा ग्यास उद्योगका एक करोड भन्दा बढी ग्यास सिलिन्डर रहेका छन्। बेला बेलामा भइरहेन ग्यास अभावका कारण उपभोक्ताले एक भन्दा बढि कम्पनीका धेरैवटा सिलिन्डर खरिद गर्ने प्रवृत्ती भएकाले बजारमा सिलिन्डरको संख्या आवश्यक्ताभन्दा अत्याधिक भएको हो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै