• TOKHA LIVE

    • २६ आश्विन २०७७, सोमबार १७:५६

    सानिमा जनरलको आईपीओमा कतिले दिए आवेदन ?

    बैंकिङ खबर । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा करिब साढे ७ लाखले आवेदन गरेका छन् । कम्पनीले आईपीओ विक्री खुल्ला गरेको तीन दिनमा करिब साढे ७ लाखले आवेदन दिएका हुन् । इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार बिहीबर मध्यान्नसम्म ७ लाख ४४ हजार ४९१ जनाबाट आवेदन परेको हो । क्यापिटलका अनुसार उक्त संख्याको आवेदनबाट १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ३६ हजार ५५० कित्ता शेयर माग भएको छ ।सर्वसाधारणकमा निष्काशन गरेको आइपिओमा दोस्रो दिनसम्ममा ५.९५ गुणा धेरै आवेदन परेको हो ।कम्पनीले बुधबारदेखि कर्मचारी र सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ । इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ निष्काशन गरेको हो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै