टाेखा लाइभ असोज २५ काठमाडौं
काठमाडौं महानगरपालिका वडा नं ७ ले कोभिड – १९ कार्टुन पुस्तक प्रकासन गरेको छ। कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा रहेको वडा नं ७ ले अभिभावकको सामाजिक आर्थिक जनजीवन झल्काउने र कोभिड महामारीसंग जोडिएको राजनीतिक विषयको ब्यङ्गय समेटेर उक्त पुस्तक प्रकाशन गरेको हो।

कलाकार तथा कार्टुनिष्ट राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह शनिबारबाट बजारमा आएको कार्टुनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले समाजमा एक खालको डरत्रतस तथा कौतुहल भईरहको अवस्थामा कोराना भाइरस के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्नका लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे सो प्रकाशित कृतिमा कार्टुन मार्फत सन्देश दिइएको छ । लकडाउनमा बालकदेखि वृद्धसम्मलाई लक्षीत गरि बजारमा ल्याइएको सो पुस्तकमा कोरोनाका विषमा संवेदनशील हुन आग्रह गरिएको छ । सो सङ्ग्रह काठमाडौँ महानगरपालिका (कामपा)–७ ले प्रकाशन गरेको हो ।

शनिबार काठमाडौंमा आयोजित सो पुस्तक लोकार्पण कार्यक्रममा कामपा–७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले कलाकार राजेश मानन्धरले तयार पारेको सो पुस्तक वडा नं ७ का अध्यक्ष डंगोलले उक्त कृतिको विमोचन गर्दै कोभिडले सबै पक्षलाई प्रभाव पारेको समयमा कार्टुनिष्टले पनि समय सापेक्ष विषयवस्तुलाई सिर्जना मार्फत सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनुु दिदै प्रकोपको विषम परिस्थितिमा विद्यार्थीहरु घरमा नै रहेर अध्ययन गर्नुपर्ने बाध्यतामा रहेको अवस्थामा उक्त पुस्तकले सहयोगी सामाग्रीको रुपमा निकै ठुलो भूमिका निर्वाह गर्ने कार्यक्रममा वडाध्यक्षले धारणा राखेका थिए।
यस्तै बूढानिलकण्ठ स्कुलका प्राचार्य होमनाथ आचार्यले महामारीले विश्व आक्रान्त भएको बेला त्यसलाई नै कलम र कुचीको विषय बनाई समाजको विविध पक्षलाई समेटेर मानन्धरले बनाएको कार्टुन चित्र सबै पक्षका लागि महत्वपूर्ण रहेको बताउदै कोरोना भाइरसले आक्रान्त अहिलेको विषम परिस्थितिमा पनि सर्वसाधारणलाई कसरी सामाजिकरण गर्न सकिन्छ ? भन्नेबारे कृति केन्द्रीत रहेको विचार व्यक्त गर्नुुभयो । कृतिले कोरनो भाइरबाट नआतिकन र हेलचेक्राई नगर्न समेत सन्देन दिएको बताए।
राष्ट्रिय दैनिक पत्रिकामा उत्कृष्ट कार्टुन निर्माण गर्दै आउनु भएका कलाकार मानन्धरले कोभिडबाट कसरी बच्न सकिन्छ भन्ने सन्देशमूलक सोचका साथ कार्टुन मार्फत समाजमा केही सूचना वा शिक्षा प्रदान गर्ने उदेश्यका साथ कृति प्रकाशन गरेको बताउनुभयो । समाजका विभिन्न तह र तप्काका व्यक्तित्वहरुको सहयोग र टेवामा कति बजारमा ल्याउन सफल भएको उहाँले बताउनु भयो । कृति सबै पक्षले अध्ययन गरेमा धैरै ज्ञान हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कामपा–७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोल, बूढानिलकण्ठ स्कुलका प्राचार्य होमनाथ आचार्य ,सामूदायिक विद्यालयका प्रतिनिधि चन्द्रकान्त पण्डित, निजी विद्यालयकातर्फबाट पूर्ण रावल, नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी शोभा खरेलका साथै अन्य विशिस्ट ब्यक्तिहरु र पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।
कार्टुनिष्ट राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रहबाट



[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]



