• TOKHA LIVE

    • २५ आश्विन २०७७, आईतवार १४:३७

    नेपाल बोटल वाटर उद्योग संघको प्रेस विज्ञप्ति:-

    टाेखा लाइभ असोज २५ काठमाडौँ :

    नेपाल बोटल वाटर उद्योग संघले प्रेस विज्ञप्ति जारी गर्दै   पिउने पानीको मूल्य समायोजन गरेको  छ।बजारमा अधिकतम मूल्य ६० रुपैयाँमा बिक्री हुँदै आएको २० लिटर बराबरको जारको पिउने पानीको मूल्य घटाएर ५० रुपैयाँमा झारेको छ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च र बोटल वाटर उद्योग संघको संयुक्त सहमतिमा पानीको मुल्य घटाउने निर्णय गरेको छ।व्यापारीलाई पानी बिक्रीमा सहजहुने गरि संघले एक जार पानीको अधिकतम मूल्य ५० रुपैयाँमा बिक्री गर्ने बाटो खुलाएको छ।त्यसैगरी संघले १ लिटर बोतल पानीको अधिकत मूल्य २० बाट घटाएर बजार मूल्य अधिकतम १६ रुपैयाँ तोकेको छ। संघले चार बुँदे प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्तालाई ध्यानाकर्षण गरेको छ ।

    संघको प्रेस विज्ञप्ति :

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै