पिपुल म्यागजिन । हलिउडमा क्यालिफोर्निया जनस्वास्थ्य विभागले अब छायांकन पुनः सुरु गर्न अनुमति दिइसकेको हुँदा कोरोना भाइरसका कारण हलिउडदेखि बलिउडसम्म रोकिएको छायांकनको काम अब विस्तारै सुरु हुने भएको छ ।
हलिउड अभिनेता टम क्रुज आफ्नो नयाँ फिल्म ‘मिसन इम्पोसिबल ७’ को छायांकन सुरु गर्ने तयारीमा रहेका छन् ।
महामारीका कारण जुनबाट नोभेम्बरमा रिलिज मिति सरेको फिल्म छायांकनमा ढिला भइसकेकाले यही अक्टोवर देखि छायांकन पुनः सुरु गर्ने तयारीमा रहेको बताइएको छ ।
फिल्मको छायांकनमा फिल्म युनिटबाट कसैलाई पनि कोरोना संक्रमण नहोस् भनेर टम ‘कोरोना फ्रि गाँउ’ बनाउँदै छन् ।
पिपुल म्यागजिनका अनुसार टम अक्सफोर्डसायरस्थित हल्ला नभएको ठाउँतिर अस्थायी गाउँ बनाउने योजनामा छन् ।कोरोना संक्रमणका कारण होटेलहरू नपाउने हुँदा र संक्रमण हुन नदिन टम आफ्नो कास्टसँग लग्जरी भ्यानिटी भ्यानमा बस्ने भएका छन् ।

