• TOKHA LIVE

    • २३ आश्विन २०७७, शुक्रबार ०९:४५

    बुढानीलकण्ठ नगरपालिकामा ३४ जना कोरोना संक्रमित थपिए

    टाेखा लाइभ

    असोज २३।काठमाडौं

    बुढानीलकण्ठ नगरपालिकामा असोज २२ गते आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो प्राप्त तथ्याङ्क सँगै नगरपालिकामा पुष्टि भएका संक्रमितहरुको कुल संख्या ८५४ पुगेको छ।

    आज थपिएका संक्रमितहरु वडा नं १ बाट दुईजना, २ बाट एकजना, ३ बाट एकजना, ४ बाट इकजना, ५ बाट एकजना, ७ बाट छजना, ८ बाट दुईजना, १० बाट १३ जना, ११ मा दुईजना र १२ बाट पाँचजना रहेका छन।

    वडागत विवरणः

    वडा नं १- फुलबारी टोल २५ वर्षिया एक पुरुष, निलोपुल ३७ वर्षिया एक महिला

    वडा नं २- कामिटार ३० वर्षिया एक पुरुष

    वडा नं ३- पार्क भिलेज नजिक ४६ वर्षिया एक महिला

    वडा नं ४- श्रीराम स्कूल नजिकैबाट ३७ वर्षिया एक महिला

    वडा नं ५- शिवपुरी ब्यारेक ३० वर्षिया एक पुरुष

    वडा नं ७- हात्तिगौँडाबाट ५९ वर्षिया एक पुरुष, ७५ वर्षिया एक महिला, २५ वर्षिया एक पुरुष, २० वर्षिया एक पुरुष, ५२ वर्षिया एक महिला, २६ वर्षिया एक महिला

    वडा नं ८- भंगाल २१ वर्षिया र ३५ वर्षिया दुई महिला

    वडा नं १०- आकाशेधारा ४८ वर्षिया, ८४ वर्षिया, १४ वर्षिया तीनजना महिला, ओखलढुंगे चोक ३५ वर्षिया एक पुरुष, विवेक चोक१९ वर्षिया एक महिला, नारायण चोक ३७ वर्षिया एक महिला, कपन १३ वर्षिया एक महिला, फुलबारी चोक ५८ वर्षिया एक पुरुष, बालुवाखानी ५० वर्षिया र ४० वर्षिया दुई पुरुष, नवदुर्गा मन्दिर ७३ वर्षिया एक पुरुष ह्याण्डबल ग्राउण्ड ८७ वर्षिया र १४ वर्षिया दुई महिला

    वडा नं ११- गैरीगाउँ ४२ वर्षिया एक पुरुष, पैयाँटार १७ वर्षिया एक महिला

    वडा नं १२- तेन्जिङ्गचोक २३ वर्षिया एक महिला, दुर्गामन्दिर २४ वर्षिया एक महिला, मुस्कान टोल २५ वर्षिया एक पुरुष, जोरधारा ३३ वर्षिया एक पुरुष, आनीगुम्बा पछाडी ४० वर्षिया एक महिला

    सक्रिय संक्रमितहरुमध्ये १४२ महिला र १६६ पुरुष गरि कुल ३०८ सेल्फ होम आइसोलेसनमा र १३ महिला र २० पुरुष गरि कुल ३३ जना विभिन्न अस्पतालहरुमा उपचाररत रहेका छन्।– कपन अनलाइनबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै