• TOKHA LIVE

      TOKHA LIVE

    • २१ आश्विन २०७७, बुधबार ०९:४८

    डा . गोविन्द केसीको समर्थनमा अनसन बसिन् युरोपेली नागरिक इमिलिया

    टोखा लाइभ – चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसीको समर्थनमा एक युरोपेली नागरिकले अनसन सुरु गरेकी छिन्।

    डा .केसीलाई नेल्सन मण्डेला र महात्मा गान्धीसँग तुलना गर्दै युरोपेली नागरिक इमिलियाले आज एक दिन अनसन बस्ने भएकी हुन्।
    डा गोविन्द केसी संसारकै महात्माहरुमध्ये एक भएको भन्दै उनको माग र अनशनलाई समर्थन गर्न उनले अनसन बसेको बताएकी छिन्।

    ‘डा .केसीले उठाएका मागहरु सर्वसाधारणको हितका पक्षमा रहेकाले मैले उहाँको अनसनलाई समर्थन गरेकी हुँ,’ उनले भनेकी छिन्, ‘लेल्सन मण्डेला, महात्मा गान्धीजस्ता संसारमा धेरै मानवीय नायकहरु थिए। यस्तै डा. गोविन्द केसी पनि उनीहरुजस्तै मध्येका एक हुन्।’

    चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर डा .केसी अनसनमा बसेको आज २४औं दिन हो।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै