• TOKHA LIVE

    • २० आश्विन २०७७, मंगलवार ०५:२०

    विराट नर्सिङहोमको दोस्रो तल्लाबाट हामफालेर बिरामीले गरे आत्महत्या:-

     

    टाेखा लाइभ असोज २० काठमाडौं ।

    विराटनगरको विराट निर्सिङ होमको आइसियूमा उपचाररत बिरामीले अस्पतालको दोस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका छन्।

    मोरङ मिक्लाजुङ गाउँपालिका ७ का ५३ वर्षीय अमृत गजमेर सोमबार बिहान हामफालेका हुन्।

    गर्मी भएको बहाना गर्दै सोमबार बिहान आइसियू कक्षबाट निस्किएका गजमेर हामफाले पछि घाइते भएका थिए। उनको उपचारको क्रममा बिहान ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

    फोक्सोसम्बन्धी बिरामी रहेका गजमेर असोज १७ गते अस्पताल भर्ना भएका थिए।

    उनका आफन्तहरूले भने अस्पतालको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै छानबिन गर्न माग गरेका छन्।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै