नविना श्रेष्ठ
टाेखा लाइभ असोज १८, काठमाडौं
स्वयम्भुमा रहेको चिभा चैत्यको सरसफाई कार्यक्रममा मछिन्द्र क्लब अन्तरगत रहेको मछिन्द्र क्यू, येँ महानगर क्यूका रोभर रेन्जरहरुको साथमा स्वयम्भू चिभा चैत्यको सरसफाई अभियान चिभा चैत्य संस्था र नेपाल स्काउटको सहकार्यमा हिजो कार्यक्रम सम्पन्न गरिएको छ।

”चिभा चैत्य जस्ता सम्पदा लाई सम्मान गरौं र जथाभावी रङ्ग लगाउने सिमेन्ट लगाउने काम नगरौं ” हाम्रो सम्पदालाई जथाभावी नगरौ जस्ता सम्पदा संरक्षणमा कार्यरत संस्था तथा व्यक्ति अभियन्ताहरुले आम समुदायमा अनुरोध गरेका थिए।
चिभा चैत्य संस्थाबाट थुप्रै कार्यक्रमहरु गर्दै आएता पनि यसरी सरसफाई कार्यक्रम भने पहिलो चोटी नेपाल स्काउट मान्छिद्र क्यू र येँ महानगर क्यूसँगको सहकार्यमा स्यवम्भूमा पहिलो कार्यक्रम भएको बताउदै चिभा चैत्य संस्थाका उपाध्यक्ष
शाक्यले पुरातात्विक महत्व बोकेको चिभा चैत्य हरूले हाम्रो शहरको बाटो, गल्ली, चोक, इत्यादि स्थानहरूलाई अति सुन्दर तथा मनमोहक र आध्यात्मिक बनाइरहेका छन्।
चिभा चैत्यहरुले गर्दा उपत्यका त्यसैपनि सुन्दर देखिने चिभा चैत्य भएकोले हाम्रो शहरको विश्वलाई नै परिचय दिन र देखाउन लायकको सम्पदा र पर्यटन मैत्री संसारमा नै विशेष पहिचान बोकेको शहरको रुपमा चिनाउन मदत पुग्ने जस्तै काठमाण्डौ उपत्यकाको लागि हामीले यस उपत्यकाको सम्पदा चिभा र चैत्यको संरक्षण गर्नु आवश्यक रहेको चिभा चैत्य संस्थाका उपाध्यक्ष प्रविन मान शाक्यले बताउनु भयो।

साथै उहाँले यो भन्दा पहिला नै चिभा चैत्यहरूको सरसफाई कार्यक्रम गर्ने योजना रहेको तर कोभिड-१९ कोरोना भाइरस महामारीले लक डाउन भएपछि कार्यक्रम थप भएको थियो। अहिले लक डाउन खुकुलो भए सँगै हिजो स्वयम्भूमा पूर्ण सरसफाई कार्यक्रम सामाजिक दूरी कायम गरी माक्स लगाई स्यानिटाइजरको प्रयोग गरी चिभा चैत्यको सरसफाई गरिएको र आगामी दिनहरुमा पनि निरन्तरता दिने चिभा चैत्य संस्थाका उपाध्यक्ष शाक्यले जानकारी दिदै
कार्यक्रममा उपस्थित हुनु भएका संपूर्ण रोभर रेन्जरहरुलाई र संस्थाका संस्थापकहरुलाई चिभा चैत्य संस्थाका उपाध्यक्ष प्रविन मान शाक्यले धन्यवाद व्यक्त गर्नुभएको थियो।

मन्छिन्द्र क्लब अन्तर गत २०६० सालमा स्थापना भएको मन्छिन्द्र क्युले चिभा चैत्य जस्ता मठ मन्दिर को थुप्रै सरसफाई गरिसकेको छ। काठमाडौं को जनबहाल मन्दिरको सरसफाईमा अहिले सम्म पनि
गर्दै आएको र २०३५ सालमा हाकिङ्ग गर्दै टोखा चण्डेश्वरी मन्दिरमा १५-२० जनाको टोलीमा सरसफाई, काठमाण्डौ जिल्लाको आयोजनामा ३०-३२ जनाको टोलीमा साँखु मनिचुर मन्दिर र पोखरी सरसफाई गरेको त्यस्तै गरी मिन रत्न बज्राचार्यको आयोजनामा लुम्बिनीमा नेपाली बिहारमा सरसफाई तथा रङ्ग लगाउने जस्ता धेरै कार्यक्रम गरी सकेको र हिजो स्वयम्भुका चिभा चैत्यहरुको सरसफाई गर्न आफू लगायत स्काउट टिम नै सहभागी गराउन पाउँदा ज्यादै खुसी लागेको भएपनि मेनपावर र औजारको कमी भएकोले स्वयम्भुमा भएका जति पनि चिभा चैत्यको समयमै सरसफाई कार्यहरू गर्न नसकेको मेनपावरहरुको कमि भएकोले अलि गाह्रो भएको मछिन्द्र क्लबका उपाध्यक्ष मन्छिन्द्र क्यूका रोभर लिडर जगत वीर सिंह कंसाकारले गुनासो व्यक्त गर्नुभएको थियो।


(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन।)

