• TOKHA LIVE

    • १७ आश्विन २०७७, शनिबार २०:०९

    ड्रग्स केसमा तानिइन् बलिउडकी अर्की सारा, भनिन् – ‘आत्महत्या गर्नेसम्मको सोच आयो’

     

     

    २०७७ असोज १७ गते १६:१२

    एजेंसी । बलिउडको ड्रग्स केसमा धेरै चर्चित अभिनेता र अभिनेत्रीहरु तानिँदै गएका छन् । सुरुमा अभिनेत्रीहरु दीपिका पादुकोण, श्रद्धा कपूर, रकुल प्रित सिंह र सारा अली खान तानिएका थिए । अब यसमा बलिउडकी अर्की सारा खानको नाम पनि मिडियामा आएको छ। टीभकिी चर्चित अभिनेत्री सारा खानको नाम ड्रग्स केसमा तानिएपछि उनले यस विषयमा प्रतिक्रिया दिएकी छिन् ।

    टाइम्स अफ इण्डियासँग कुरा गर्दै साराले यो खबरले आफू निकै समस्यामा परेको र चिन्तित भएको बताएकी छिन् । उनले आफूलाई सामाजिक संजालमा निशाना बनाइएको र ड्रग एडिक्ट भनिएको भन्दै यसले निकै तनाव भएको बताएकी छिन् । उनले भनिन् ‘यो घटनापछि म यति धेरै तनावमा थिएँ कि एक समय आफैंलाई मार्ने समेत विचार गरिरहेकी थिएँ ।’

    Facebook Comments

    छुटाउनुभयो कि? सबै